सडक महोत्सवको पूर्वसन्ध्यामा सरसफाई

पाेखरा | पुस ११, २०८०

सडक महोत्सवको पूर्वसन्ध्यामा सरसफाई

पोखरा:  २५ औँ संस्करणको सडक महोत्सवको पूर्व सन्ध्यामा महोत्सव स्थल वरपरको ३ किलोमिटर क्षेत्रमा सरसफाई गरिएको छ ।

 

होटल प्रतिनिधि समाज पोखराको आयोजनामा भएको कार्यक्रममा रेवानले सहकार्य गरेको थियो । राष्ट्रबैंक चोकस्थित पर्यटन बसपार्कदेखि वडा प्रहरी कार्यालय बैदाम, मुलाखेत, अम्मट, गौरीघाट, बाराहीघाट हुँदै खहरेसम्म सरसफाई गरिएको होटल प्रतिनिधि समाजका महासचिव माधव लम्सालले जानकारी दिए ।

 

कार्यक्रममा वडाका जनप्रतिनिधि र होटल संघका अध्यक्षसहितका प्रतिनिधिले साथ दिएका थिए ।

 

कार्यक्रमको समापनका अवसरमा रेवानका अध्यक्ष नरेश भट्टराई, होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी लगायतले सरसफाई कार्यक्रममा सहभागिहरुलाई धन्यबाद ज्ञापन गरेका थिए । रेवान अध्यक्ष भट्टराईले महोत्सवमा स्वास्थ्य, सुरक्षा लगायतमा पनि आयोजकले विशेष ख्याल राखेको बताए ।

 

२५औँ संस्करणको सडक महोत्सव बिहीबारदेखि सुरु हुँदैछ । ‘सडक मै खाउँ, सडक मै रमाऔं’ भन्ने उद्देश्यका साथ आयोजित महोत्सव १६ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा ५ लाख पर्यटक तथा दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।

 

महोत्सवको बिहीबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कोमागाने पार्कमा आयोजना हुने विशेष समारोहका विच उद्घाटन गर्ने रेवान पोखराका महासचिव विकास भट्टराईले जानकारी दिए । उनका अनुसार त्यसअघि बिहान ११ बजे हल्लनेचोबाट बाजागाजासहित संस्कृतिक झाँकी निस्कने छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्